मृत्यु भइसकेको व्यक्तिको नाममा भत्ता बुझ्ने तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडाैं | पुस २८, २०८२

मृत्यु भइसकेको व्यक्तिको नाममा भत्ता बुझ्ने तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा तस्बिर फाइल

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्यु भइसकेका १४ व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।


उनीहरूले सरकारी कागजात सच्याएको तथा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।


अख्तियारले मुद्दा दायर गरेकामा दोलखाको मेलुङ गाउँपालिका–१ का वडाध्यक्ष ईश्वर कोइराला, तत्कालीन वडासचिव विनय उप्रेती र कार्यालय सहायक दलबहादुर थापा छन् ।


मेलुङ गाउँपालिका–१ का वडाध्यक्ष समेतले मृत्यु भइसकेका व्यक्तिको किर्ते सहीछाप गरी सामाजिक सुरक्षा भत्ताबापतको रकम निकाली हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।


अनुसन्धान हुँदा मेलुङ गाउँपालिका–१ बाट आर्थिक वर्ष २०७३÷७४ देखि २०७५÷७६ सम्ममा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा मृत्यु भइसकेका १४ लाभग्राहीको सामाजिक सुरक्षा भत्ता उनीहरूले बुझेको पाइएको अख्तियारद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय हेमजा आलु महोत्सवको तेस्रो दिन आइतबारसम्मका रु.५० लाख बढीको कारोवार भएको छ ।         महोत्सव मध्येतिर आउदाँ त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ।शनिबार र आइतबार सार्वजनिक...

थप पढ्नुहोस्

पोखरा ।   भण्डारढिकमा जारी ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’  मा पुरुष सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि रामघाट एफसी ग्रिन र मिक्की एफसी भिड्ने भएका छन् ।   ...

थप पढ्नुहोस्

पोखरा।   सांस्कृतिक झाँकी र बाजागाजासहित २१ औं संस्करणको फेवा नव बर्ष महोत्सव २०८३ आइतबारबाट पोखरामा सुरु भएको छ ।   कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय अम्बोटमा आयो...

थप पढ्नुहोस्